काठमाडौं । न्युजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको हो ।
जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाका लागि मिचेल मार्शले अविजित ७७, डेभिड वार्नरले ५३, कप्तान ग्लेन म्याक्सवेलले अविजित २८ र आरोन फिन्चले ५ रन बनाए ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५, मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स निशमले अविजित १३, डार्यल मिचेलले ११ र टिम सेइफर्टले अविजित ८ रन बनाए ।
अष्ट्रेलियाका जोस हाजलउडले ३ तथा एडम जाम्पाले १ विकेट लिए । अष्ट्रेलियाले पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको न्युजिल्याण्ड भने उपाधि जित्नबाट बन्चित भएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक २९ सोमबार
Comments