काठमाडौं । विश्वकप टी-ट्वान्टी क्रिकेटको फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । युएईको दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा रहेका दुबै टोली एक अर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने देखिन्छ ।
सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड तथा पाकिस्तानलाई पाखा लगाउँदै अष्ट्रेलिया फाइनलमा पुगेका हुन् । दुबै टोली पहिलो पटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जित्ने अभियानमा रहेका छन् । फाइनल खेललाई अष्ट्रेलियाको बलियो ब्याटिङ लाइन विरुद्ध न्युजिल्याण्डको कसिलो बलीङको भिडन्तको रुपमा हेरिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक २८ आइतबार
Comments