एजेन्सी १६ चैत । पूर्व कप्तान सुनिल क्षेत्रीको निर्णायक गोलका कारण भारतले ६४ वर्षपछि म्यानमारलाई उसैको घरमा १–० ले पराजित गरेको छ।
मंगलबार राती रंगुनको थुवुना रंगशालामा सम्पन्न एएफसी एसियन कप छनोट चरणको खेलमा क्षेत्रीले ९० मिनेटमा निर्णायक गोल गरेका थिए। उनले उदान्ता सिंहको पासमा खेल सकिन लाग्दा ऐतिहासिक गोल गरे।
सन् १९५३ मा रंगुनमा आयोजना भएको एक प्रतियोगितामा म्यानमारलाई ४–२ ले पराजित गरेयता भारतले घरेलु टोलीलाई हराउन सकेको थिएन्। पछिल्लो पल्ट २०१३ मा एएफसी च्यालेञ्ज कपको छनोटमा म्यानमारले १–० ले भारतलाई हराएको थियो।
भारतबाट ५३ औं अन्तर्राष्ट्रिय गोल गरेपछि क्षेत्रीले आफ्नो ट्विटरमा खुसी व्यक्त गरेका छन्। उनले तीन अंक बटुलेकोमा प्रसन्नता व्यक्त गरे। भारत एएफसी एसियन कप छनोटको समूह एमा छ। जसमा कीर्गिस्तान र युनाइटेड अरब इमिरेट्स समावेश रहेका छन्। भारतले अघिल्लो खेल जुन १३ मा घरमा कीर्गिस्तानविरुद्ध खेल्ने छ।
Comments