काठमाडौं । पाकिस्तानका ओपनर मोहम्द रिजवानले अष्ट्रेलियाविरुद्धको सेमिफाइनल खेलमा ६७ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । स्वास्थ्यमा केही खराबी भएका कारण सेमिफाइनल खेलमा रिजवान खेल्ने पक्का थिएन । तर, उनी सामान्य अवस्थामा पुगेर पाकिस्तानका लागि उत्कृष्ट पारी खेले ।
उनको उत्कृष्ट पारी खेलेका अष्ट्रेलियन कमेन्टेटर म्याथु हायडेनले यस्तो अवस्थामा पनि अर्धशतकीय पारी खेल्ने उनी सच्च योद्धा भएको बताएका छ “रिजवान अस्पताल गएको कुरा थाहाँ छैन । खेल अघिल्लो रात उनी स्वास्थ्यमा केही समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनले बाबर आजमसँगै उत्कृष्ट पारी खेले,” हायडेनले भने ।
गएराति भएको खेलमा पाकिस्तान अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले अष्ट्रेलियालाई १७७ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले खेल भने जित्न सकेन ।
रिजवानका लागि यो पहिलो आईसीसी इभेन्टको सेमिफाइनल खेल थियो । अष्ट्रेलियाविरुद्धको अर्धशतकीय पारीसँगै रिजवान टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै वर्षमा एक हजार रन पूरा गर्नै पहिलो खेलाडी बनेका छन् ।
प्रकाशित मितिः २०७८ कार्तिक २६ शुक्रबार
Comments