काठमाडौँ . झापाको कन्काई नगरपालिका उप-मेयर कप राष्ट्रिय फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।सोमबार भएको प्रिक्वाटरफाइनल खेलमा कन्काईले सिन्धुपाल्चोकको सुनकोशी नगरपालिकालाई टाइब्रेकरमा ३-१ गोलले हरायो। टाइब्रेकरमा सुनकोशीको एउटा प्रहार मात्र गोल भएको थियो।
पहिलो प्रहार ‘मिस’ गरेको कन्काईले त्यसपछि लगातार तीन गोल गरेको थियो। सुनकोशीको तेस्रो प्रहार मात्र गोल भएको हो।टाइब्रेकरमा कन्काई ३-१ गोलले अगाडि रहेपछि दुवै टोलीले पाँचौँ प्रहार गर्नु परेन। कन्काईले सेमिफाइनल प्रवेशका लागि कैलालीको गोदावारी नगरपालिकासँग प्रतिस्पर्धा गर्ने छ।
प्रकाशित मितिः २०७८ कार्तिक २२ सोमबार
Comments