काठमाडौं ।अस्ट्रेलियाको क्रिकेट टोलीले अर्को वर्षको मार्चमा पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले यसको पुष्टि गरेको हो । यो सन् १९९८ पछि अस्ट्रेलियाली क्रिकेट टोलीको पहिलो पाकिस्तान भ्रमण हुनेछ ।
भ्रमणमा तीन टेस्ट, तीन एकदिवसीय अन्तर्राष्ट्रिय र एक टी–२० खेलिने पीसीबीले पुष्टि गरेको छ । पहिलो टेस्ट मार्च ३ मा कराचीमा सुरु हुनेछ । त्यस्तै एकदिवसीय शृङ्खला मार्च २९ र एकमात्र टी–२० अप्रिल ५ मा हुने तालिका सार्वजनिक भएको छ ।
क्रिकेट अस्ट्रेलियाले पनि यस भ्रमणको बारेमा ट्वीट गर्दै जानकारी दिएको छ । क्रिकेट अस्ट्रेलियाले लेखेको छ, ‘क्रिकेट अस्ट्रेलिया आउँदो वर्ष पाकिस्तानमा गएर खेल्नका लागि खुसी छ ।’
गएको सेप्टेम्बरमा पाकिस्तानसँगको एकदिवसीय खेलको ठिक अघि न्युजिल्यान्डले भ्रमण रद्द गरेको थियो । न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै रावलपिन्डीको स्टेडियममा जान मानेको थिएन ।
त्यसपछिइङ्ग्ल्यान्डले पनि पाकिस्तानमा पूर्वनिर्धारित शृङ्खला खेल्न मानेको थिएन ।यसैबीचमा अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्नु निकै महत्त्वपूर्ण हो ।
प्रकाशित मितिः २०७८ कार्तिक २२ सोमबार
Comments