एजेन्सी, १४ चैत । विश्वकप २०१८ को छनौट अन्तर्गत गएराति भएको खेलमा चेक गणतन्त्र विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह सी मा रहेको चेक गणतन्त्रले सान मारिनोलाई ६–० ले हराएको हो ।
अवे मैदानमा भएको खेल चेक गणतन्त्रलाई जिताउन बाराक र डारिडाले समान दुई दुई गोल गरे । यस्तै गेब्रे सेलास्सिए र क्रमेनकिकले एक एक गोल गरे ।
जितपछि पाँच खेलबाट ८ अंक जोडेको चेक गणतन्त्र समूहको तेस्रो स्थानमा उक्लिएको छ । समूहको शीर्ष स्थानमा रहेको जर्मनीको पाँच खेलबाट १५ तथा दोस्रो स्थानका आयरल्याण्डको १० अंक छ ।
चेकले हान्यो सान मारिनोलाई आधा दर्जन गोल
0
Share.
Comments