काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४औं स्थानमा रहेको थियो ।
वरीयतामा इङ्ग्ल्याण्ड शीर्षस्थानमा छ भने पाकिस्तान, भारत र न्युजिल्याण्ड दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। पाँचौ स्थानमा साउथ अफ्रिका, छैटौं स्थानमा अस्ट्रेलिया, सातौं स्थानमा अफगानिस्तान र आठौं स्थानमा वेस्ट इण्डिज छन्। त्यस्तै नवौं स्थानमा बंगलादेश, १० औं स्थानमा श्रीलंका, ११ औं स्थानमा जिम्बावे र १२ औं स्थानमा आयरल्याण्ड छन्। एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक १५ सोमबार
Comments