एजेन्सी, १३ चैत । विश्वकप २०१८ को छनौट अन्तर्गत गएराति भएको खेलमा बेल्जियम ९ खेलाडीमा सीमित भएको ग्रिससँग बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा भएको खेलमा बेल्जियमले ग्रिससँग १–१ को बराबरी खेलेको हो । दोस्रो हाफको सुरुमा नै मिट्रोग्लोउले गोल गर्दै ग्रिसलाई अग्रता दिलाए । ८९ औं मिनेटमा लामेलु लुकाकुले बेल्जियमका लागि बराबरी गोल फर्काए ।
बराबरीपछि समूह एच शीर्ष स्थानमा कायम रहेको बेल्जियमको पाँच खेलबाट १३ तथा दोस्रो स्थानको ग्रिसको ११ अंक भएको छ ।
राति नै भएको खेलमा बोसनिया हर्जगोभिनाले जिब्रालटारलाई ५–० ले हरायो । अर्को खेलमा साइप्रस र इस्टोनियाले गोलरहित बराबरी खेले ।
अन्तिम समयमा लुकाकुले बेल्जियमलाई जोगाए
0
Share.
Comments