एजेन्सी, १३ चैत । विश्वकप २०१८ को छनौट अन्तर्गत गएराति भएका खेलमा पोर्चुगल विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह बी मा रहेको पोर्चुगलले घरेलु मैदानमा भएको खेलमा हंगेरीलाई ३–० ले हराएको हो ।
पोर्चुगलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा एन्ड्रे सिल्भाले एक गोल गरे ।
समूह बी अन्तर्गतकै खेलमा स्वीट्जरल्याण्डले लात्भियालाई १–० ले हरायो । स्वीट्जरल्याण्डको जितमा ड्रमिकले ६६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि समूहको शीर्ष स्थानको स्वीट्जरल्याण्डको पाँच खेलबाट १५ तथा दोस्रो स्थानको पोर्चुगलको १२ अंक भएको छ ।
अर्को खेलमा एन्डोरा र फारोइ आइल्याण्डले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
पोर्चुगल दोस्रो स्थानमा
0
Share.
Comments