काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बी मा लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतबार भएको समूहको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित भई प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० ले पराजित भएको थियो ।
लेबनानलाई जित दिलाउन जेइन फरानले दुई तथा मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे ।
खेलको २६ औं मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा जेइन फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई दोब्बर अग्रता दिलाए । ७४ औं मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनानलाई तेब्बर अग्रता दिलाए । त्यसपछि ८२ औं मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४–० को सहज जित दिलाए ।
जितसँगै लेबनान ३ अंकसाथ छनोट अन्त्य गर्यो । नेपालले भने अंकको खाता खोल्न सकेन । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक १५ सोमबार
Comments