काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फरवार्ड लियोनल मेस्सीले फेरि एकपल्ट आफ्नो पूर्व क्लब बार्सिलोना फर्कने इच्छा पोखेका छन् ।
यसपल्ट उनको इच्छा खेलाडीका रूपमा बार्सिलोना फर्कने होइन्, बरू एकपल्ट खेल्न छाडेपछि टेक्निकल सेक्रेटरीका रूपमा जिम्मेवारी सम्हाल्ने हो । अब त मेस्सीले बार्सिलोनाका लागि फेरि खेल्ने सम्भावना त रहेन नै ।
तर मेस्सी कुनै न कुनै दिन बार्सिलोना फर्कन चाहन्छन् र क्लबको व्यवस्थापन पक्षमा जोड्न चाहन्छन् । क्याटलान क्लब छाडेको केही महिनापछि नै उनको आफ्नो पूर्व क्लबप्रतिको माया फेरि बाहिरिएको हो ।
उनले भर्खरकै अन्तर्वार्तामा भनेका छन्, ‘मैले भन्दै आएको छुं, म बार्सिलोना फर्क चाहन्छु, कुन न कुनै भुमिकामा ।’
मेस्सी थप्छन्, ‘बार्सिलोनाले राम्रो गरोस भनेर म सहयोगी हुन चाहन्छुं । म सुरुमा टेक्निकल सेक्रेटरी हुन चाहन्छुं । म बार्सिलोनालाई माया गर्छुं, त्यसैले कुनै न कुनै प्रकारले सहयोग गर्न चाहन्छुं । म के पनि चाहन्छुं भने बार्सिलोनाले सधैं राम्रो गरोस । बार्सिलोना विश्व फुटबलमा सधैं उत्कृष्ट क्लब रहनु पर्छ ।’
यता मैदानमा भने बार्सिलोनाको स्थिति कमजोर छ र भर्खरै मात्र क्लबले आफ्ना प्रशिक्षक रोनाल्ड कोमनलाई बर्खास्ती पनि गरेको छ ।
क्लबले स्थायी रूपमा नयाँ प्रशिक्षक नियुक्त गर्न खोजिरहेको छ, तर त्यो पनि सकिरहेको छैन् । हुन सक्छ, कुनै न कुनै दिन मेस्सी बार्सिलोनाका प्रशिक्षक पनि हुन सक्नेछन् । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक १५ सोमबार
Comments