काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज लेबनानविरुद्ध खेल्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा खेल नेपाली समयानुसार दिउँसो पौने ५ बजे हुनेछ ।
दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज हुने खेलमा नेपाल र लेबनानका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ भने लेबनान पनि नेपाललाई हराएर छनोटको सुखद अन्त्य गर्न चाहन्छ । अंक विहीन रहेको नेपाल समूहको पुछारमा रहेको छ । यस्तै, लेबनान पनि अंक विहीन रहेर तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक १४ आइतबार
Comments