एजेन्सी १३ चैत । बार्सिलोनाले आफ्नो महान खेलाडी जोहान क्रुफको सम्मानमा क्याम्प नोउ रंगशालाबाहिर मूर्ती बनाउने भएको छ।
डच फुटबल खेलाडी क्रुफ आयाक्सबाट १९७३ मा बार्सिलोनामा आवद्ध भएपछि १४ वर्ष स्पेनिस क्लबबाट फुटबल खेलेका थिए। यसपछि उनी बार्सिलोनाको प्रशिक्षक पनि बने। बार्सिलोनामा आक्रामक खेल भित्र्याउने योगदान उनलाई जान्छ।
क्लबले बी टिमका लागि बनाउदै गरेको रंगशाला उनको नाममा राख्ने पनि बताएको छ। बार्सिलोनाले क्रुफको पहिलो वार्षिकीमा यस्तो घोषणा गरेको हो। उनी गत साल ६८ वर्षको उमेरमा बितेका थिए।
बार्सिलोनाको खेलाडी र प्रशिक्षक रहँदा उनले क्लबमा १३ वटा ट्रफी भित्र्याएका थिए। सन् १९९२ मा उनकै प्रशिक्षणमा बार्सिलोनाले पहिलो युरोपियन कप भित्र्याएको थियो।
क्रुफका छोरा जोर्डीले बुवाको चर्चित ९ नम्बरको बार्सिलोनाको जर्सी र १९७४ मा जितेको बालोन डि’ओर ट्रफी क्लबको संग्रहालयलाई दिने बताए।
Comments