काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र वेष्ट इन्डिज तथा पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल दिउँसो पौने ४ बजे र पाकिस्तान र न्युजिल्यान्डबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।
समूह १ मा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजलाई इङ्ग्ल्यान्डले ६ विकेटले हराएको थियो ।
दोस्रो खेलमा पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो । न्युजिल्यान्ड भने विजयी सुरुआत गर्ने योजनामा हुनेछ । न्युजिल्यान्डको यो पहिलो खेल हो ।
प्रकाशित मितिः २०७८ कार्तिक ०९ मंगलबार
Comments