काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र मार्सेलीले अङ्क बाँडेका छन् । आइतबार राति भएको खेलमा पिएसजी र मार्सेलीले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।
मार्सेलीको मैदानमा निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । दुवै टोलीले एक–एक गोल गरेको भएपनि रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । खेलको १४औँ मिनेटमा पिएसजीले गोल गरेको भएपनि नेयमार अफसाइड भएको भन्दै रेफ्रीले भिएआरको सहायतामा उक्त गोललाई मान्यता दिएनन् । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक ०८ सोमबार
Comments