एजेन्सी ११ चैत । लिओनल मेसीले चिलीविरुद्ध शुक्रबार बिहान चलिरहेको विश्व कप छनोटको खेलमा पहिलो गोल गरेका छन्। अर्जेन्टिनाका कप्तान रहेका बार्सिलोनाका स्ट्राइकर मेसीले १६ मिनेटमा पेनाल्टीबाट घरेलु टोलीलाई १–० को अग्रता दिलाएका हुन्।
दक्षिण अमेरिकी क्षेत्रको छनोटमा अर्जेन्टिना चिलीभन्दा एक अंकले पछि छ। आउँदो वर्ष रुसमा आयोजना हुने विश्व कप फुटबल छनोटमा अर्जेन्टिनाको सम्भावना कठिन बन्दै गइरहेको बेला मेसीको गोलले केही हदसम्म राहत दिएको छ। चिलीका डिफेन्डरले डिबक्सभित्र एन्जल डि मारियालाई लडाएपछि पेनाल्टीको अवसर पाएको थियो।
मेसीले गरे पहिलो गोल
0
Share.
Comments