काठमाडौं । फिफा विश्वकप फुटबलको युरोपियन छनोटमा क्रोएसियाले बराबरी खेल्दै अंक बाडेको छ । सोमबार राति भएको खेलमा क्रोएसियाले स्लोभाकियासँग २-२ गोलको बराबरी खेलेको हो ।
रोमान्चक खेलको २० औं मिनेटमा इभान श्रान्जले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाए ।
खेलको २५ औं मिनेटमा आन्द्रेज क्रमारिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा फर्काए ।
४५ औं मिनेटमा लुकास हरास्लिनले गोल गर्दै स्लोभाकियालाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै क्रोएसियालाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरी समूह एचको क्रोएसियाले ८ खेलमा १७ अंक जोडेको छ । क्रोएसिया समूहको दोस्रो स्थानमा रहेको छ ।
स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा रुसले स्लोभानियालाई २-१ ले हराएको छ ।
रुस १९ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २६ मंगलबार
Comments