काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले जित निकालेको छ । सोमबार बिहान भएको खेलमा चिलीले पाराग्वेलाई २-० गोल अन्तरले हराएको हो ।
चिलीलाई जित दिलाउन बेन ब्रेरेटोन र मौरिसियो इस्लाले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६८ औं मिनेटमा बेनले गोल गर्दै चिलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा इस्लाले गोल गर्दै चिलीलाई २-० को जित दिलाए ।
खेलको ७४ औं मिनेटमा चार्ल्स अरानगुएजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा चिली १० खेलाडीमा समेटियो ।
यस्तै ८९ औं मिनेटमा ओमारले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पाराग्वे पनि १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै चिलीले ११ खेलमा १० अंक जोडेको छ । चिली आठौं स्थानमा रहेको छ ।
पाराग्वे १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २५ सोमबार
Comments