काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको खेलमा ब्राजिल कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको हो ।
छनोटको अघिल्लो ९ खेलमा लगातार जित निकालेको ब्राजिलले कोलम्बियालाई भने पराजित गर्न सकेन । यस बराबरीसँगै ब्राजिलले १० खेलमा २८ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा यथावत रहेको छ ।
कोलम्बिया १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत नै भेनेजुएलाले इक्वेडरलाई २-१ ले हराएको छ ।
यस्तै बोलिभियाले पेरुलाई २-१ ले हराएको छ ।
प्रकाशित मितिः २०७८ असोज २५ सोमबार
Comments