काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ । सोमबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
४४ औं मिनेटमा पाउलले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ६२ औं मिनेटमा मार्टिनेजले गोल अर्जेन्टिनालाई ३-० को जित दिलाए ।
यस जितसँगै अर्जेन्टिनाले १० खेलमा २२ अंक जोडेको छ । अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
उरुग्वे ११ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २५ सोमबार
Comments