काठमाडौं । फ्रान्सले यूईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै फ्रान्स च्याम्पियन बनेको हो ।
फ्रान्सलाई उपाधि दिलाउन करिम बेन्जिमा र केलियन एमबाप्पेले एक एक गोल गरे ।
स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । खेल सुरुआती अग्रता भने स्पेनले बनाएको थियो ।
खेलको ६४ औं मिनेटमा मिकेलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८० औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को जित दिलाए ।
फ्रान्सका केलियन एमबाप्पेले सर्वाधिक गोलकर्ताको उपाधि जिते ।
उनले २ गोल र २ असिस्ट गरेका थिए ।
एमबाप्पेले स्पेनका फेरान टोरेस र आफ्नै देशका करिम बेन्जिमालाई पछि पार्दै उपाधि जितेका हुन् ।
प्रकाशित मितिः २०७८ असोज २५ सोमबार
Comments