काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोटमा पोल्याण्डले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोल्याण्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
पोल्याण्डको जितमा कारोल स्विडेर्स्की, टोमस्ज केडजिरो, एडम बुक्सा र क्रेजिस्टोफ पियाटेकले एक एक गोल गरे ।
मारिनोका क्रिस्टियन ब्रोल्लीले एक आत्मघाती गोल गरे । यस जितसँगै पोल्याण्डले गोलकिपर लुकास फाबियान्स्कीको सुखद बिदाइ गरेको छ ।
३७ वर्षीय गोलकिपरको यो पोल्याण्डको लागि अन्तिम खेल हो ।
उनले पोल्याण्डका लागि ५७ खेल खेल्दै अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
खेलको ५८ औं मिनेट मैदानमा बिताएका उनलाई अन्य खेलाडीले गार्ड अफ अनर दिएका थिए ।
फराकिलो जितपछि पोल्याण्डले ७ खेलमा १४ अंक जोडेको छ ।
समूह आई को पोल्याण्ड अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २४ आइतबार
Comments