काठमाडौं, ९ चैत । अहिलेसम्मकै सर्वाधिक राशीको धनगढी प्रिमियर लिग डिपिएलको खेल तालिका सार्वजनिक भएको छ ।
चैत २७ गतेदेखि वैशाख ९ गतेसम्म धनगढीमा हुने प्रतियोगिताको पहिलो खेल चैत २८ गते सिवाइसी अत्तेरिया र काठमाडौं गोल्डेन्स तथा दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र कन्चनपुर आइकोनिकबिच हुने भएको छ ।
प्रतियोगिताको उद्घाटनमा भने नेपाल ११ र धनगढी ११ बिच च्यारिटी खेल हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एपीवान टेलिभिजनमार्फत हुने आयोजक धनगढी क्रिकेट एकेडमीले जनाएको छ ।
डिपिएलका खेल चैत ५ गतेदेखि सुरु हुने भनिएपनि नेपाली खेलाडी एसीसी इमर्जिङ टिम्स कप खेल्न जाने भएपछि खेल चैत २७ गतेलाई सारिएको हो । डिपिएलका लागि ४७ लाख रुपैयाँ भन्दा धेरै रकम खर्च गरेर खेलाडीको बोलकवोल गरिएको थियो ।
खेल तालिका
धनगढी प्रिमियर लिगको खेल तालिका सार्वजनिक
0
Share.
Comments