काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत कोन्काफको छनोटमा अमेरिकाले जमैकालाई हराएको छ । शुक्रबार बिहान भएको खेलमा अमेरिकाले जमैकालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अमेरिकाको जितमा रिकार्डो पेपीले दुई गोल गरे । खेलको ४२ औं मिनेटमा पेपीले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा पेपीले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई २-० को जित दिलाए । यस जितसँगै अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
अमेरिकाले ४ खेलमा ८ अंक जोडेको छ ।
जमैका १ अंक जोडेर पुछारमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २२ शुक्रबार
Comments