काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिणअमेरिकी छनोटमा पेरुले चिलीलाई हराएको छ । शुक्रबार भएको खेलमा पेरुले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पेरुको जितमा क्रिस्टियन क्युभा र सर्जियो पेनाले एक एक गोल गरे । खेलको ३५ औं मिनेटमा क्युभाले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा पेनाले गोल गर्दै पेरुलाई २-० को जित दिलाए । यस जितसँगै पेरुले १० खेलमा ११ अंक जोडेको छ ।
पेरु सातौं स्थानमा रहेको छ ।
चिली ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
अर्को खेलमा इक्वेडरले बोलिभियालाई ३-० ले हराएको छ ।
इक्वेडरको जितमा इनर भ्यालेन्सियाले दुई गोल गरे । माइकल एस्ट्राडाको नाममा एक गोल रह्यो ।
यस जितसँगै इक्वेडरले १० खेलमा १६ अंक जोडेको छ । इक्वेडर तेस्रो स्थानमा उक्लिएको छ ।
बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २२ शुक्रबार
Comments