काठमाडौं । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेलेको हो ।
छनोटमा अर्जेन्टिनाको यो चौंथो बराबरी हो ।
यस बराबरीसँगै अर्जेन्टिनाले ९ खेलमा १९ अंक जोडेको छ । अर्जेन्टिना छनोटको दोस्रो स्थानमा रहेको छ ।
पाराग्वे १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा उरुग्वे र कोलम्बियाले पनि गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
उरुग्वे १० खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
कोलम्बिया १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २२ शुक्रबार
Comments