काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार नवौं जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले जितको यात्रा कायम राखेको हो ।
ब्राजिलको जितमा मार्क्विन्होस, गाब्रियल बार्बोसा र एन्टोनीले एक एक गोल गरे ।
भेनेजुएलाका एरिक रामिरेजले एक गोल गरे । खेलमा सुरुआती अग्रता भेनेजुएलाले बनाएको थियो ।
खेलको ११ औं मिनेटमा रामिरेजले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७१ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ८५ औं मिनेटमा गाब्रियलले गोल गर्दै ब्राजिललाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा एन्टोनीले गोल गदै ब्राजिललाई ३-१ को जित दिलाए ।
यस जितसँगै ब्राजिलले ९ खेलमा २७ अंक जोडेको छ ।
ब्राजिल शीर्ष स्थानमा रहेको छ ।
भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २२ शुक्रबार
Comments