काठमाडौं । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।
स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । इटालीका लोरेन्जो पेल्लिग्रिनीले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा टोरेसके गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।
४२ औं मिनेटमा लियोनार्दो बोनुचीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इटाली १० खेलाडीमा समेटिएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा इटालीका लोरेन्जोले एक गोल फर्काएपनि स्पेन २-१ ले विजयी भयो ।
स्पेनसँग पराजित भएसँगै इटालीको ३७ खेलको अपराजित यात्रा समेत टुंगिएको छ । अब स्पेनले फाइनलमा बेल्जियम र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित मितिः २०७८ असोज २१ बिहिबार
Comments