काठमाडौं । एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेटअन्तर्गत अहिले भइरहेको एलिमिनेटरमा भैरहवा ग्लाडियटर्सले काठमाडौं किङ्स इलेभेनलाई एक सय ८९ रनको लक्ष्य दिएको छ। कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ८८ रन जोड्यो ।
भैरहवाको पालीमा शरद भेषावकरले २० बलमा ३ छक्का र ७ चौकासहित ४९ रन जोडे। प्रदिप ऐरीले ३९, उपुल थारङ्गाले ३५ रन बनाए भने कुशल मल्लले ४ छक्कासहित २० बलमा ३२ रन जोडे। आरिफ शेखले पनि ८ बलमा एक छक्का र एक चौकासहित १५ रन बनाए।
यसअघि बुधबार भएको पहिलो खेलमा पोखरा राइनोजलाई डकवर्थ लुइस नियम आधारमा ९ विकेटले हराएर चितवन टाइगर्सले फाइनलमा स्थान बनाएको छ।
प्रकाशित मितिः २०७८ असोज २० बुधबार
Comments