एजेन्सी, ७ चैत्र । म्यानचेस्टर सिटी र लिभरपुल इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा हारबाट जोगिएका छन् । तर दुवै टिमले जित भने निकाल्न सकेनन् । म्यानचेस्टर सिटी र लिभरपुलले भने १–१ को बराबरी खेलेका छन् ।
सिटीको मैदानमा भएको खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टी मार्फत लिभरपुलका लागि गोल गरे । ६९ औं मिनेटमा सर्जियो अग्युरोले म्यानचेस्टर सिटीका लागि बराबरी गोल फर्काए ।
बराबरीपछि म्यानचेस्टर सिटीले दोस्रो स्थानको टोटनह्यामसँग अंक बराबरी गर्ने मौका गुमायो । तेस्रो स्थानको सिटीको २८ खेलबाट ५७ अंक भएको छ । एक खेल बढी खेलेको लिभरपुल ५६ अंकसहित चौथो स्थानमा छ ।
त्यस्तै हिजो बेलुका भएको खेलमा मिडल्सबर्गलाई ३–१ ले हराएको म्यानचेस्टर युनाइटेड २७ खेलबाट ५२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।
म्यानचेस्टर सिटी र लिभरपुल बराबरी
0
Share.
Comments