एजेन्सी, ७ चैत्र । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले साउथह्यामप्टनलाई २–१ ले हराएर शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी १० कायम गरेका हो । टोटनह्यामको जितमा क्रिश्चियन एरिक्सन र डेल अलीले गोल गरे । दुवै गोल पहिलो हाफमा नै भएको हो । साउथह्यामप्टनका लागि दोस्रो हाफमा जेम्स वार्ड प्रावजले एक गोल फर्काए ।
जितपछि दोस्रो स्थानको टोटनह्यामको २८ खेलबाट ५९ अंक भएको छ । शीर्ष स्थानको चेल्सीको ६९ अंक छ । २७ खेलबाट ३३ अंक जोडेको साउथह्यामप्टन दशौं स्थानमा छ ।
टोटनह्यामले साउथह्यामप्टनलाई हरायो
0
Share.
Comments