काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी पोखरा राइनोज विरुद्वको खेलमा काठमाडौँ किंग्स–११ का रायन बर्लले अर्धशतक पूरा गरेका छन् । बर्लले ४२ बलमा २ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यो उनको दोस्रो अर्धशतक हो ।
अर्धशतक पूरा गरेको एक बलपछि भने बर्ल आउट भएका छन् । यसअघि उनले ललिपुर प्याट्रियट्सविरुद्ध पनि अर्धशतकीय पारी खेलेका थिए । काठमाडौँ अहिले टस हारेर ब्याटिङ गरिरेहको छ ।
प्रकाशित मितिः २०७८ असोज १८ सोमबार
Comments