काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्स ६ विकेटले पराजित भएको छ । भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको हो ।
चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभरमा ६ विकेट बाँकी रहँदै पुरा गरेको हो। ईपीएलमा पहिलो पटक पराजित भएको चितवनको शीर्ष स्थान भने कायमै छ । यस्तै आजको जितसँगै भैरहवा दोस्रो स्थान चढेको छ ।
प्रकाशित मितिः २०७८ असोज १८ सोमबार
Comments