काठमाडौं । चेमनित्ज ओपन कराते प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य पदक जितेको छ ।
सिनियर एकल कातातर्फ र ३० बर्षमाथिको एकल कातामा गरी मन्डेकाजी श्रेष्ठले दुई स्वर्ण पदक जिते । त्यसैगरी मुकुन्द महर्जनले ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण र ७५ केजी तौल समूहमा कास्य पदक जिते । त्यस्तै सुमन तिमिल्सिनाले उमेर समूहमा एक स्वर्ण र सिनियर एकल कातातर्फ कास्य पदक जिते ।
प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजर्बैजान, इरान, नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका देश सहभागी थिए ।
प्रकाशित मितिः २०७८ असोज १७ आइतबार
Comments