एजेन्सी ६ चैत । स्पेनिस ला लिगा लिडर रियल मड्रिडले पाँच अंकको अग्रता कायम गरेको छ । लिग अन्तरगत गएराति सम्पन्न खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित गर्दै दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी पाँच पुर्याएको हो ।
रियल मड्रिडका लागि करिम बेन्जिमा र कासेमिरोलो एक एक गोल गरे । बिल्बाओका लागि आरिट्ज अडुरिजले एक गोल फर्कए । खेलको २५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियाललाई अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले पछि परेको बिल्बाओका लागि ६५ औं मिनेटमा अडुरिजले बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि कासेमिरोले रियल मड्रिडका लागि विजयी गोल गरे । जितपछि शीर्ष स्थानको रियल मड्रिडको २७ खेलबाट ६५ अंक भएको छ ।
दोस्रो खेलबाट २७ खेलबाट ६० अंक छ । लिग अन्तरगत गएराति नै भएका अन्य खेलमा रियल बेटिसले ओसासुनालाई २–० तथा एलाभेसले रियल सोसिडाडलाई १–० हरायो । यस्तै एइबर र स्पानियोलले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
Comments