काठमाडौं । दुई विदेशी खेलाडीको शानदार ब्याटिङपछि एभरेस्ट प्रिमियर लिग (ईपीएल क्रिकेट) मा शुक्रबार ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई २२७ रनको लक्ष्य दिएको छ। टस हारेपछि पहिला ब्याटिङका लागि बोलाइएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२६ रन जोडेको थियो।
ललितपुरका प्रारम्भिक ब्याट्सम्यान सन्दुन विराककोडीले ७३ र मध्यक्रमका अजमुतुल्लाह अमरजाईले ५८ रन बनाए। विराककोडीले ४३ बलमा तीन छ्क्का र १० चौका प्रहार गरे। अमरजाईले २४ बलमा ७ छक्का प्रहार गरेका थिए।
चार बलमा तीन छक्का प्रहार गरेका नारायण जोशी १८ रनमा अविजित रहे। उनले अन्तिम तीन बलमा लगातार छक्का प्रहार गरे। कप्तान कुशल भुर्तेलले ३२ र योगेन्द्रसिंह कार्कीले २७ रन बनाए। ललितपुरले अन्तिम ५ ओभरमा मात्र ८० रन जोडेको थियो।
प्रकाशित मितिः २०७८ असोज १५ शुक्रबार
Comments