काठमाडौं । दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण नेपालमा नहुने भएको छ। अखिल नेपाल फुटबल संघ-एन्फाले प्रयास गरिए पनि प्रत्यक्ष प्रशारणको व्यवस्था गर्न सम्भव नभएको जनाएको छ।
एन्फाले सेप्टेम्बर २४ तारिखमा प्रशारण अधिकारका लागि आवेदन आह्वान गरेको थियो। कम्तिमा ४० लाख रुपैयाँमा प्रशारण अधिकार लिने आवेदन माग भए पनि त्यसलाई सम्बोधन गर्ने गरी आवेदन नपरेको एन्फाले जनाएको छ।
प्रकाशित मितिः २०७८ असोज १५ शुक्रबार
Comments