काठमाडौं । शुक्रबारबाट सुरु हुने साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ । उद्घाटन खेलमा हुने भनिएको खेलको तालिका परिवर्तन भएको छ । नयाँ तालिका अनुसार उद्घाटन खेलमा श्रीलंका र बंगलादेश खेल्नेछन् । दोस्रो खेलमा नेपालले घरेलु टिम माल्दिभ्ससँग खेल्नेछ ।
यसअघि नेपाल र माल्दिभ्सविच उद्घाटन खेल राखिएको थियो । जुन अपरान्ह पौने पाँच बजेबाट थियो ।तर अब त्यो समयमा श्रीलंका र बंगलादेश खेल्नेछन भने राती नेपाली समय अनुसार पौने १० बजे नेपाल र माल्दिभ्स खेल्नेछन् ।
बाँकी खेलको तालिका भने यथावत रहेको छ । प्रतियोगितामा नेपालले दोस्रो खेल असोज १८ गते श्रीलंकासँग खेल्नेछ ।
प्रकाशित मितिः २०७८ असोज १४ बिहिबार
Comments