काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत जारी खेलमा काठमाडौँ किंग्स-११ ले चितवन टाइगर्स सामु १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
काठमाडौँका लागि सुवास खकुरेलले सर्वाधिक ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रनको योगदान दिए । अविजित रहेका सिद्धान्त लोहनीले ८ तथा कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । चितवनका सागर ढकालले ४,करिम जन्नतले २, कमलसिंह ऐरी र सिकुगे प्रशन्नले १-१ विकेट हात पारे ।
प्रकाशित मितिः २०७८ असोज १४ बिहिबार
Comments