काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज तय भएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल स्थगित भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पानी जमेपछि खेल स्थगित भएको हो ।
निर्धारित समय भन्दा २ घण्टासम्म पनि सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगित गरेका हुन् । विहान ९:३० मा सुरु हुनुपर्ने खेलको अन्तिम निरीक्षण स्वरूप ११:४० मा पनि तयार नहुँदा खेल सरेको हो । सामान्यतया खेल सम्भव नहुँदा अंक बाँड्ने भएपनि आयोजकले अर्को दिन खेल गर्ने सम्भावना अध्ययन गरिरहेको छ । यसबारे आयोजकले केहिबेरमा जानकारी दिनेछ ।
काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको थियो । विराटनगर भने पहिलो खेलमा चितवनसँग पराजित भएको थियो ।
प्रकाशित मितिः २०७८ असोज ११ सोमबार
Comments