काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा म्यानचेस्टर सिटीले जित दर्ता गर्दा लिभरपुल र ब्रेन्टफोर्डले बराबरी खेलेका छन् । म्यानचेस्टर सिटीले चेल्सीलाई १–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितका लागि ५३ औँ मिनेटमा गाब्रिएल जिससले गरेको गोल नै निर्णायक बन्यो । जितपछि दोस्रो स्थानको सिटीको ६ खेलबाट १३ अंक भएको छ ।
अर्को खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३–३ को बराबरीमा रोकियो । लिभरपुलका लागि जोटा, सालह र जोनसले गोल गरे भने ब्रेन्टफोर्डका लागि पिनक, ज्यानल्ट र विसाले गोल गरेका हुन् । शीर्ष स्थानको लिभरपुलको ६ खेलबाट १४ अंक भएको छ ।
यस्तै अर्को खेलमा एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित भयो । एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । एस्टन भिल्लाको जितमा ८८ औँ मिनेटमा हायुजले गरेको गोल नै निर्णायक बन्यो ।
प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा एभर्टनले नर्विचलाई २–० तथा वेष्टह्यामले लीड्सलाई २–१ ले पराजित गर्दा लेस्टर सिटी र बर्नलीले २–२ तथा वाट्फोर्ड र न्यूक्यासलले १–१ को बराबरी खेलेका छन् ।
प्रकाशित मितिः २०७८ असोज १० आइतबार
Comments