काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । कतारमा रहेको नेपाली टिमले दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति नेपाली समय अनुसार पौने १० बजे प्रतिस्पर्धा गर्नेछ ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यस अघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो ।
नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन् । साफ च्याम्प्यिनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुँदै छ ।
प्रकाशित मितिः २०७८ असोज १० आइतबार
Comments