काठमाडौं, ४ चैत । एएफसी एसियन कप २०१९ छनौट खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । टोलीका प्रमुख प्रशिक्षक ग्योतुकी कोजीले बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्येबाट २० खेलाडी सम्मिलित नेपाली टोलीको घोषणा गरेका हुन् ।
नेपाली टोलीमा ३ गोलरक्षक, ७ डिफेण्डर, ६ मिडफिल्डर र ४ स्ट्राइकर समावेश गरिएको छ । सुरुवाती छनौटमा परेका २७ जनाबाट २० जनालाई अन्तिम छनौट गरिएको हो । २७ जनामध्येबाट सुमन लामा, देबेन्द्र तामाङ, एलन न्यौपाने, अनिल गुरुङ, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत छनौट हुन सकेनन् । नेपालले पहिलो खेल फिलिपिन्ससँग आगामी १५ गते खेल्नेछ ।
को को परे टोलीमा ?
गोलरक्षकः बिकेश कुथु, किरण लिम्बु र बिशाल श्रेष्ठ
डिफेण्डरः रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रञ्जित धिमाल र जितेन्द्र कार्की
मिडफिल्डरः रोहित चन्द, बिशाल राई, हेमन गुरुङ, बिक्रम लामा, अञ्जन विष्ट र सुजल श्रेष्ठ
स्ट्राइकरः बिमल घर्तीमगर, रञ्जन विष्ट, भरत खवास र कर्ण लिम्बु
एएफसी एसियन कप छनौट खेल्ने नेपाली टोलीको घोषणा
0
Share.
Comments