काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले जित निकालेको छ । बिहीबार राति भएको खेलमा रोमाले उडिनेजेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
१० खेलाडीमा समेटिएको रोमाको जितमा टामी अब्राहमले निर्णायक गोल गरे ।
खेलको ३६ औं मिनेटमा उनले गोल गरेका हुन् ।
यस्तै खेलको ९० औं मिनेटमा लोरेन्जो पेल्लिग्रिनीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा रोम १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै रोमाले ५ खेलमा १२ अंक जोडेको छ । रोमा लिगको चौंथो स्थानमा रहेको छ ।
उडिनेजे ७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज ८ शुक्रबार
Comments