काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को बराबरी खेलेको छ । बिहिबार राति बार्सिलोनाले कार्डिजसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको ६५ औं मिनेटमा डी जोङ दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।
बार्सिलोनाले यस सिजन निकै खराब सुरुवात गरेको छ । लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यान क्लबबाट बाहिरिएपछि बार्सिलोनाले गोलका लागि निकै संघर्ष गर्नुपरेको छ ।
पछिल्लो नतिजाले प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब थपिएको छ । बार्सिलोनाले ला लिगामा यस सिजन मात्र दुई खेलमा जित निकालेको छ । क्लबका समर्थकले प्रशिक्षक कोम्यानको आलोचना गर्दै राजीनामा माग गर्न थालेका छन् ।
कोम्यानमाथि दबाब बढ्दो छ । लिगका पछिल्ला ५ खेलमा तीन बराबरीको नतिजा निस्किएको छ । च्याम्पियन्स लिगको पहिलो खेलमै बार्सिलोना घरेलु मैदानमा बायर्न म्युनिखसंग ३-० को हार ब्यहोर्यो ।
बार्सिलोनाका पूर्व मिडफिल्डरले क्लबलाई राम्रो नतिजा दिन सकेका छैनन् । मुख्य खेलाडीले क्लब छाडेपछि उनीले युवा र अनुभव नभएका खेलाडीको भर पर्नु परेको छ ।
१७ वर्षिय मिडफिल्डर जाभी र १८ वर्षका युसुफ डिमिरले बार्सिलोनाको आक्रमण सम्हाल्नु परेको छ ।
कोम्यानको पछिल्लो समय बार्सिलोनाका अध्यक्ष जोन लापोर्टासंग सम्बन्ध बिग्रिएको छ । सोही कारण कोम्यान चाँडै बर्खास्तमा पर्न सक्ने आँकलन गरिएको छ ।
बार्सिलोना ५ खेलबाट ९ अंक सहित तालिकाको सातौं स्थानमा छ । कार्डिज ६ अंक सहित १४ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७८ असोज ८ शुक्रबार
Comments