काठमाडौं । प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिग वान क्लब एफसी विम्बल्डनलाई ३-० ले हराउँदै आर्सनलले चौंथो चरणमा स्थान बनाएको हो ।
आर्सनलको जितमा एलेक्सजेन्ड्र लाकाजेट्टी, इमिल स्मिथ र एड्वार्ड एनकेटीहले एक एक गोल गरे ।
घरेलु मैदानमा खेलको ११ औं मिनेटमा लाकाजेट्टीको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो ।
७७ औं मिनेटमा इमिलले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा एड्वार्डले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।
अब आर्सनलले चौंथो चरणमा लिड्स युनाईटेडसँग खेल्नेछ ।
अर्को खेलमा स्वान्सीलाई २-० ले हराएर ब्राइटन पनि चौंथो चरणमा प्रवेश गरेको छ ।
प्रकाशित मितिः २०७८ असोज ७ बिहिबार
Comments