काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टरको जितमा माटियो डार्मिन, इडेन जेको र इभान पेरिसिचले एक एक गोल गरे । फियोरेन्टिनाका रिकार्डो सोट्टिलले एक गोल फर्काए ।
खेलको २३ औं मिनेटमा रिकार्डोले गोल गर्दै फियोरेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
५२ औं मिनेटमा माटियोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
खेलको ५५ औं मिनेटमा जेकोले गोल गर्दा इन्टर २-१ ले अघि रह्यो ।
७८ औं मिनेटमा निकोलस गोन्जालेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा फियोरेन्टिना १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा पेरिसिचले गोल गर्दै इन्टरलाई ३-१ को जित दिलाए । यस जितसँगै इन्टर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
इन्टरले ५ खेलमा १३ अंक जोडेको छ ।
फियोरेन्टिना ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज ६ बुधबार
Comments