काठमाडौं । असोज ९ गते देखि १३ गतेसम्म त्रिवि मैदान काठमाडौंमा हुने नेपालको सर्वाधिक ठूलो फ्रेन्चाइज लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न श्रीलंकाका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान उपुल थारांगा नेपाल आईपुगेका छन् । उनी, शरद भेसावकर कप्तान रहेको टिम भैरहवा ग्ल्याडीएटर्समा आवद्ध छन्।
उनले आफ्नो फेसबुकमा फोटो सार्वजानिक गर्दै नेपालले न्यानो स्वागत पाएको बताएका छन् । मंगलबार नै भैरहवा ग्ल्याडीएटर्सका मुख्य प्रशिक्षक पुबुदु दासानायके पनि नेपाल आइसकेका छन् । पुबुदु दासानायक नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक समेत हुन् ।
श्रीलंकाको लागि २००५ देखि २०१९ सम्म ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टि–२० खेलेका थाराँगाले यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।
प्रकाशित मितिः २०७८ असोज ०५ मंगलबार
Comments