काठमाडौं । फिलिपिनो बक्सर मेनी प्याक्याउले फिलिपिन्सको राष्ट्रपति पदका लागि उम्मेदवारी दिने भएका छन् । बक्सर मेनीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
मेनीले सत्तारुढ दल पीडीपी-लाबानबाट राष्ट्रपति निर्वाचनमा भाग लिने छन् । ४२ वर्षीय मेनी फिलिपिन्सको संसदको सिनेटर रहेका छन् । उनले गरिबी र भ्रस्टाचारविरोधी अभियान चलाउने बताईएको छ ।
मेनी फिलिपिन्समा लोकप्रिय व्यक्तित्व मानिन्छ । खेल क्षेत्रमा उनको नाम उच्च स्थानमा रहेको छ । उनले बक्सिङको फरक फरक आठ तौल समूहको उपाधि जितेका थिए ।
प्रकाशित मितिः २०७८ असोज ४ सोमबार
Comments